आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपालका अस्पतालहरूले अब विशेषज्ञ चिकित्सक उत्पादन गर्न पाउने, आयोगले दियो स्वीकृति

  • प्रकाशित मिति : बुधबार, पुस ७, २०७८



  • काठमाडौं । नेपालका अस्पतालहरूले पनि अब विशिष्टिकृत चिकित्सक उत्पादन गर्न पाउने भएका छन् । यसअघि विश्वविद्यालय र प्रतिष्ठानहरूबाट मान्यता पाएका संस्थाहरूले मात्र यो कार्यक्रम सञ्चालन गरिहेको थियो ।

    सुविधा सम्पन्न अस्पतालले विशिष्टिकृत विशेषज्ञ उत्पादन गराउन सक्ने भन्दै अस्पताललाई प्राज्ञिक स्वीकृति दिइएको छ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहपछिको अध्ययनका लागि पहिलो चरणमा ४ अस्पतालमा ७ सिट छुट्टाइएको छ ।

    जसमा चितवनस्थित वीपी कोइलारा क्यान्सर अस्पतालले क्यान्सरको उपचार गर्ने २ चिकित्सक, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालमा न्यूरो सर्जरीको २, मेडिसिटी अस्पतालले न्यूरो सर्जरी र जीआई सर्जरीमा २ सिट र ह्याम्स अस्पतालले क्रिटिकल केयरमा १ चिकित्सक उत्पादन गर्न पाउने छन् ।

    आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा ऐनअन्तर्गत नै अस्पतालहरूलाई दक्ष चिकित्सक उत्पादन गराउन दिने निर्णय गरिएको बताउनुहुन्छ ।

    आयोगको संलग्नतामा पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र प्रमाणपत्र दिने कामसँगै पठनपाठनको निगरानी हुनेछ । ३ वर्षे पूर्ण छात्रवृत्तिको अध्ययनका लागि आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाबाट मेरिट लिष्टअनुसार चिकित्सकहरूले अस्पताल छनोट गर्न पाउने छन् ।

    अस्पतालहरूले तोकिएको पारिश्रमिक प्रदान गरेरै चिकित्सकलाई पठ्नपाठन गराउनुपर्नेछ । उपाध्यक्ष डा.गिरी अस्पताललाई सम्बन्धन दिएको नभइ त्यसको प्राज्ञिक क्षेत्रलाई मान्यता दिएको प्रष्ट पार्नुहुन्छ ।

    दक्ष चिकित्सक उत्पादन गर्न अस्पतालहरूकै अग्रसरतामा दिएको स्वीकृति आगामी वर्षमा बढाउँदै जाने आयोगले जनाएको छ । आगामी शैक्षिक सत्रदेखि स्नाकोत्तरतहमा समेत यो कार्यक्रम लागू गराउने उपाध्यक्ष डाक्टर गिरीको भनाइ छ ।
    थपिएको ७ सिटसहित विश्वविद्यालय र प्रतिष्ठान र अस्पतालले वर्षेनी ९० जना विशिष्टिकृत विशेषज्ञ उत्पादन गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij