आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसएसपी यादवको शव भेटिएपछि संघीय इकाइ कार्यालय प्रवेशमा रोक

  • प्रकाशित मिति : शुक्रबार, पुस ९, २०७८



  • भैरहवा । प्रहरीको संघीय इकाइ कार्यालय, भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सुशीलकुमार यादवको झुण्डिएको अवस्थामा शव भेटिएको खबरपछि कार्यालय प्रवेशमा राेक लगाइएकाे छ ।

    यादवको मृत्युको खबर सार्वजनिक भएसँगै त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउँदै कार्यालय प्रवेशमा रोक लगाइएको हो ।

    अन्य दिन सामान्य सोधपुछपछि भित्र जान दिने गरेकोमा घटना सार्वजनिक भएसँगै मुख्य द्वार बन्द गरिएको छ । कार्यालय अगाडि अहिले सर्वसाधारण र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति छ ।

    शुक्रबार विहान यादव आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । झुण्डिएको अवस्थामा यादव भेटिएपछि कार्यालयमाथि प्रश्न उठेको छ ।

    यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।

    यादवको मृत्युको कारणबारे अनुसन्धानपछि थाहा हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij