आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

  • प्रकाशित मिति : शुक्रबार, पुस १६, २०७८



  • म्याग्दी । एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ। गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।

    काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए। उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो।

    करिब चार/पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए। गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उनले जानकारी दिए।

    भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ। छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ। पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij