आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

  • प्रकाशित मिति : सोमवार, पुस १९, २०७८



  • काडमाडौं ।रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन् । ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन् ।

    वडा नम्बर २ ले बजेट विनियोजन गरेपछि घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो । सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन सकेका छैनन् । वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो ।

    उनीहरूमध्ये १० पुरुष र चार महिला छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारमा बसिरहेका छन् । खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । सबै जना पेल्माका बासिन्दा हुन् ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले आइतबार मात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टर पठाउन आग्रह गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनीहरू रहेको ठाउँको पहिचान गरी उद्धार गर्ने तयारी गरिएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij