आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मनाङमा हिमपहिरोमा बेपत्ता किसान चार दिनपछि मृत फेला

  • प्रकाशित मिति : मङ्लबार, पुस २०, २०७८



  • काठमाडौ । मनाङमा हिमपहिरोमा बेपत्ता किसान चार दिनपछि मृत अवस्थामा भेटिएका छन् । मनाङको नासोँ गाउँपालिका– ४, ओडारका ५३ वर्षे आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

    डिएसपी सुवास खड्काका अनुसार ४ दिनदेखि हिमपहिरोमा हराइरहेका उनको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो ।

    प्रहरी गस्ती टोलीले नासोँ गाउँपालिका – ४, ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउ भिरमा हिउँले पुरेको र मृत अवस्थामा भेटेको मनाङका डिएसपी खड्काले बताए ।

    गाउँमाथिको तपकी ठाउँमा रहेको भेडीगोठबाट फर्किने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेको र गाउँमा फर्किने क्रममा उनीसँगैका दुईजना साथी फर्किएपछि आउँदै गरेका उनी बाटोमै हराएका थिए ।

    प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजीकार्य जारी राखे पनि हिमपातका कारण उद्दार गर्न समस्या भएको प्रहरी प्रमुख डिएसपी खड्काले बताए ।

    बेपत्ताको खोजीमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएका थियाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij