आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मुगुमा दोश्रो पटक हिमपात

  • प्रकाशित मिति : बिहिबार, पुस २२, २०७८



  • काठमाडौं।हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुन बुधबार रातिबाट दोश्रो पटक हिमपात भएको हो । जिल्लामा परेको दोश्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

    हिमपातले उच्च हिमाली बस्ति सेताम्य देखिएका छन् । एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुन हिमपात भएको स्थानीय मणिचन्द्र भामले बताए । हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ ।

    उच्च क्षेत्रमा हिमपात भए पनि बेसीतिर झरी परेको छ । हिमपात र झरीले किसानहरु हर्षित भएका छन् । हिउँ परेपछि अन्नबाली फलफूल जडिबुटीको सप्रिने किसानहरुको भनाइ छ । हिमपातले लेकाली बस्तीका स्थानीयलाई आउजाउ गर्न, वस्तु चराउन र घाँस दाउरा ल्याउन भने मुस्किल भएको छ ।

    जिल्लामा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि जिल्लामा सडकमार्ग लामो समयसम्म बन्द हुन पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij