आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेः ईश्वर पोखरेल

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७८



  • काठमाडौं।एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

    नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् ।

    ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्(बोल्दैनन्, गर्छन् गर्दैनन् रु प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’ एमाले उपाध्यक्ष पोखरेलले प्रश्न गरेका छन् ।

    २०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्‍याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij