आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय सेलिब्रिटी भन्छन्- सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७८



  • काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई लिएर दक्षिण अफ्रिका र भारतका विभिन्न स्थानमा पति विराटको खेल हेर्न पुगेकी थिइन् । सोही बखत वामिकाको तस्बिर क्यामेरामा कैद गरिएको थियो ।

    हालसम्म अनुष्का र विराटले पापाराजीसँग आफ्नो सन्तानको तस्बिर नखिच्न अनुरोध गर्दै आएका थिए । जब अचानक सोसल मिडियामा आफ्नी पुत्रीको तस्बिर भाइरल भयो, तब त्यो जोडीले एक पोस्ट लेख्दै आफ्नो असहमति प्रकट गरे ।

    अनुष्कामात्र होइन बलिउडका अन्य कतिपय सेलिब्रिटी आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन् । नेहा धुपिया र अंगद बेदीका एक छोरी मेहर र एक छोरा गुरिक छन् । तिनका फ्यानहरू उनीहरूका बच्चाको तस्बिर हेर्न नपाएर छट्पटिइरहेका छन् । तर त्यो जोडी चाहन्छ कि, आफ्नो प्राइभेसी कायम रहोस् । अचानक मेहरको तस्बिर सार्वजनिक भइदियो, छोराको भने अहिलेसम्म कसैले फोटो खिच्न भ्याएको छैन । गत वर्षमात्र नेहाले पुत्र जन्माएकी थिइन् ।

    अभिनेत्री दिया मिर्जाले गत वर्ष पुत्र अवयानलाई जन्म दिइन् । उनले सोसल मिडियामा छोराको थुप्रै तस्बिर राखेकी छन्, तर कुनैमा पनि अनुहार देखाइएको छैन । उनी पनि आफ्नो छोरोको अनुहार मिडियासामु देखाउन चाहन्नन् ।

    काजोल र अजय देवगन प्रख्यात बलिउड कलाकार हुन् । उनीहरू सिनेमाको काममा व्यस्त रहन्छन्, दुवैलाई कुनै पनि खाले पार्टीमा जाने शौख छैन । यो जोडीले पनि आफ्ना दुवै सन्तानलाई लाइमलाइटबाट बचाएर राखेका छन् । केही समयअघि पीटीआईसँग कुरा गर्दै काजोलले आफू र पति अजयले सन्तानलाई मिडियाबाट टाढै राख्ने निर्णय गरेको बताएकी थिइन् ।

    किङ खानको नामले चर्चित शाहरूख खानका कान्छो छोरा अबरामलाई क्यामेरा नजिक पर्न बिलकुलै मन लाग्दैन । एक दिन विमानस्थलमा कसैले क्यामेरा आफूतिर तेर्साएको थाहा पाएपछि उनले अनुहार लुकाएका थिए । तर, शाहरूखकी छोरी सुहाना भने क्यामेरा फ्रेन्ड्ली छन् ।

    सोहा अली खान र कुणाल खेमूकी एक छोरी इनाया छिन् । यो जोडी पनि आफ्नी छोरीलाई क्यामेराबाट जोगाउन चाहन्छन् । सोहाले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्दा कहिल्यै अनुहार देखाएकी छैनन् ।

    अक्षय कुमार र ट्विंकल खन्ना पनि आफ्ना दुवै बच्चालाई मिडियाबाट टाढा राख्न रुचाउँछन् । ट्विंकलले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्नु पर्दा जहिल्यै पनि पछाडिबाट खिचेको फोटो मात्रै प्रयोग गर्छिन् वा आधा अनुहार मात्रै राख्छिन् ।

    अर्की प्रख्यात कलाकार रानी मुखर्जी पनि आफ्नी छोरी आदिरालाई मिडियाबाट कसरी जोगाउने भन्ने चिन्तामा रहन्छिन् । रानीले २०१५ मा छोरी जन्माएकी थिइन् । करिब सात वर्षकी उनकी छोरीको तस्बिर विरलै सार्वजनिक भएको देख्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij