आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न मधेश सरकारको निर्देशन

  • प्रकाशित मिति : बिहिबार, माघ १३, २०७८



  • जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरमा तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन दिएको छ ।

    जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गरेका थिए ।

    सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति निकाली राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधि गर्नेहरुलाई कार्वाही गर्न निर्देशन दिएको उल्लेख गर्नुभएको हो ।

    घटना छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई राहत उपलब्ध गराउन एवं दोषीलाई कारबाही गर्न तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तिमा भनिएको छ ।

    जनमतका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका चिकित्सक डा. सतिश साहलगायतका सवारी साधन तोडफोड गरेका थिए ।

    प्रहरीले भने चुनाव बिथोल्न उत्रिनेका क्रममा पक्राउ परेका जनमत पार्टीका सात जनालाई कानुनी कारवाही अघि बढाउने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij