आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आफूले खाने तरकारी आफैं फलाउनेहरुलाई हजारौं अनुदान

  • प्रकाशित मिति : सोमवार, माघ १७, २०७८



  • काठमाडौं। श्रीलंकामा खाद्य वस्तुको कमी बढिरहेको छ र यहाँ तरकारीको मूल्य आकाशिएको छ । खाद्य संकटलाई घटाउनका लागि श्रीलंका सरकारले जनतासँग आफूलाई खानको लागि आफैं तरकारी उब्जाउन आग्रह गरेको छ । सरकारले जनतालाई खेतीमा प्रोत्साहित गर्नको लागि आर्थिक सहयोग पनि दिँदैछ । श्रीलंका सरकारका अनुसार यदि कुनै व्यक्तिले २० पर्च जमिन (५०५ वर्गमिटर) मा तरकारी खेती गरेमा उसलाई ५ हजार रुपैयाँ दिइनेछ ।

    क्याबिनेटका सहप्रवक्ता तथा वृक्षारोपण मन्त्री डा. रमेश पाथिरानाले यसको जानकारी दिएका हुन् । उनका अनुसार जो मानिसहरु बढीमा एक एकडसम्म जसिमनमा खेती गर्न चाहन्छन् उनीहरुलाई १० हजार रुपैयाँ दिइनेछ । मन्त्रीका अनुसार यो योजनाको लक्ष्य संकटग्रस्त कृषि क्षेत्रमा उत्पादन र प्रतिव्यक्ति खपत बढाउनु हो । उनले भने ‘संकटको समयमा जब केही वस्तुको मूल्य वृद्धि भएको छ हामी सम्मनपूर्वक सबै श्रीलंकाली नागरिकलाई यी सुविधाको उपयोग गर्न आमन्त्रित गर्छौं ।’

    सरकारले कृषि उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राखेको बताउँदै उनले सबै श्रीलंकालीलाई यसमा सक्रिय रुपले योगदान दिन आग्रह गरे । श्रीलंकाको सरकारले केही समय पहिले देशमा पूर्ण जैविक खेती गरिने बताएको थियो । यो फैसलाको भारी विरोध भएको थियो । विशेषज्ञले यसबाट श्रीलंकाको खाद्य संकट अझै गहिरो हुने चेतावनी दिएका थिए । केही सरकारी अधिकारीले पनि खाद्य संकटको चेतावनी दिएपछि उनीहरुलाई पदबाटै हटाइएको थियो ।

    रासायनिक मलमा रोक अब भने हटाइएको छ र कृषि रसायनको आयातलाई स्वीकृति दिइएको छ । तर, अझै पनि किसानले खेतीको लागि मल पाउन सकेका छैनन् । २२ डिसेम्बरमा कृषि मन्त्रालयका सचिव प्रोफेसर उदित के जयसिंघेले खाद्य संकटका विषयमा एक बयान दिएका थिए । त्यसपछि गोटाबाया राजापाक्षे सरकारले उनलाई अनौपचारिक रुपमा पदबाट हटाएको थियो ।

    यसअघि पनि कृषि क्षेत्रमा सरकारका शीर्ष सल्लाहकार पेफेसर बुद्धि मराम्बेलाई सरकारले हटाएको थियो । उनले रासायनिक मलमा पूर्ण रोकको आलोचना गरेका थिए । त्यसपछि उनलाई सबै सरकारी पदबाट बर्खास्त गरिएको थियो । आफ्ना आलोचकलाई यसरी दबाएको भन्दै राजापाक्षे सरकारको आलोचना हुने गरेको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij