आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या धेरै

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७८



  • इलाम।श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरपरिवार धानेर बसेका महिलालाई समाजले अनेक लाञ्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइल जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाँडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ ।श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ ।

    वैदेशिक रोजगारीमा गएकाहरूले यस्ता चर्चाकै कारण आफ्ना श्रीमतीमाथि अनावश्यक शंका गरेकैले पारिवारिक बेमेल हुने गरेको छ । समाजका अगुवा र जाने बुझेकैहरुले श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरूलाई अति सामान्य रूपमा टिप्पणी गर्दा समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणै गलत स्थापित भइरहेको छ । श्रीमान् विदेशमा भए पनि घरपरिवार धानेर बसेका महिलाको चरित्रमाथि प्रश्न उठ्ने गरेको छ । तर, यथार्थ त्यस्तो छैन ।

    श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको तुलनामा श्रीमती वैदेशिक रोजगारीमा गएका पुरुषहरूले बढी दोस्रो विवाह गर्ने गरेको पाइएको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीको पार्श्वचित्र बनाउनको लागि संकलन गरेको तथ्यांकअनुसार महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ ।पाँचथर, भोजपुर मोरङ र सुनसरी जिल्लाको एक/एक पालिकाको तथ्यांक महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ ।

    चार जिल्लाको तीन हजार तीन सय ९२ घरपरिवारका चार हजार तीन सय ८७ पुरुष र पाँच ३१ महिला हाल वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका चार हजार तीन सय ८७ पुरुषमध्ये एक हजार दुई सय २५५ पुरुष विवाहित छन् । हाल वैदेशिक रोजगारीमा रहिरहेका एक हजार दुई सय ५५ पुरुषका ४५ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् । दोस्रो विवाह गर्नेमा ३ प्रतिशत महिला मात्रै छन् ।

    वैदेशिक रोजगारीमा पाँच सय १३ जनामा एक सय ६० विवाहित छन् । एक सय ६० जना वैदेशिक रोजगारीमा रहेका विवाहित महिलाको ५४ पुरुषले दोस्रो विवाह गरेको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांक छ । दोस्रो विवाह गर्ने ३४ प्रतिशत पुरुष छन् ।यस्तै इलाममा पनि दोस्रो विवाह गर्नेमा महिलाको तुलनामा पुरुष नै बढी छ । वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र तयारीको लागि संकलित तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने महिला १ दशमलव ७७ प्रतिशत मात्रै छन् भने श्रीमती वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने पुरुष १३ प्रतिशत रहेको सुरक्षित आप्रवासन परियोजनाले जानकारी दिएको छ ।

    इलाम नगरपालिका क्षेत्रमा एक हजार चार सय १५ परिवारका एक हजार दुई सय ३७ पुरुष र दुई सय दुईजना महिला वैदेशिक रोजगारीमा छन् । एक हजार दुई सय ३७ मध्ये आठ सय ७९ जना पुरुष र दुई सयमध्ये एक सय ३६ महिला विवाहपछि वैदेशिक रोजगारीमा गएका हुन् । एक सय ३६ महिलाको २६ जना पुरुषले श्रीमती विदेश गएपछि दोस्रो विवाह गरेका छन् । आठ सय ७९ पुरुषको २२ जना श्रीमतीले दोस्रो विवाह गरेको सामी परियोजनाको कार्यक्रम अधिकृत रामकुमार कर्णले जानकारी दिए ।

    कलंक महिलालाई लाग्ने भए पनि यथार्थमा भने अर्कै अवस्था रहेको कर्णले बताए । ‘धेरै आक्षेप महिलालाई लाग्ने गरेको छ, तर यथार्थ अर्कै छ’, कार्यक्रम अधिकृत कर्णले भने, यसले महिलाहरूले अनावश्यक तनाव खेप्नु परेको । हाम्रो पितृसत्तात्मक सोचका कारण महिलाले आक्षेप भोग्नु परेको हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij