आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पेट्रोलियम पदार्थको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७८



  • कैलाली, माघ १९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुधबार सुदूर पश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ ।

    प्रदर्शनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेका हुन ।
    प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबिच केही बेर हात हालाहालको भएको थियो । प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई तितरबितर पारेको थियो ।

    प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । सरकारले इन्धनमा निरन्तर मूल्यवृद्धि गरेपछि प्रदर्शनमा उत्रिएको अनेरास्ववियू कैलालीका जिल्ला अध्यक्ष किशोर शाहल बताउनुभयो ।

    शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको आरोप प्रदर्शनकारीहरुको छ । तर प्रहरीले भने प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न सामान्य धरपकड मात्रै गरेको बताएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij