आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लता मंगेशकरको स्वास्थ्य अवस्था बिग्रियो, भेन्टिलेटरमा उपचार हुँदै

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७८



  • एजेन्सी । विश्व प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटर सपोर्टमा राखेर उपचार भइरहेको छ ।

    कोरोना संक्रमणपछि न्यूमोनिया भएर केही समयअघि उहाँको स्वास्थ्यमा सुधार आएको थियो । तर पुनः अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि लतालाई भेन्टिलेटर सपोर्टमा राखिएको चिकित्सकहरूले बताएका छन् ।

    गत जनवरी ८ देखि मुम्बइको मशहूर ब्रिच कैंडी अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको छ । लताको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रतीत समदानीले अहिलेसम्म आईसीयूमा राखेर उपचार गरिरहेको भए पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको जानकारी गराउनुभएको छ ।

    गलत सूचना नफैलियोस भनेर उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थाबारे सञ्चार माध्यमलाई निरन्तर जानकारी दिइरहेका छन् । भारत रत्नले सम्मानित स्वर कोकिला लता मंगेशकरको जन्म सन् १९२९ मा भएको थियो । उहाँ ९२ बर्षको हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij