आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७८



  • नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ ।

    मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।

    लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाउने नव नियुक्त महामन्त्री सुवेदी नेपाली सांस्कृति र साहित्यमा कलम चलाउने व्यक्ति पनि हुनुहुन्छ । उहाँ नेपाल साँस्कृतिक संघको विविध गतिविधिमा संलग्न रही संघको विस्तारमा धेरै जिल्ला पुग्ने व्यक्ति मध्ये एक हुनुहुन्छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिका–५का स्थायी वासिन्दा सुवेदीको आगमनले नेपाल सांस्कृतिक संघलार्य नयाँ उचाईमा पुर्‍याउने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij