आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जब सपनामा श्रीकृष्णले अनमोललाई ‘बेष्ट अफ लक’ भने…

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७८



  • काठमाडौं । अभिनता अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत शुक्रबार सार्वजनिक गरियो । चलचित्रको शीर्ष गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौं कि’ बोलको हुक लाइन समावेश गरिएको छ । ‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाले अभिनय गरेका छन् । चलचित्र ‘ए मेरो हजुर ४’मा भने अनमोल केसी र सुहाना थापाको अभिनय हेर्न सकिन्छ ।

    गीत सार्वजनिक कार्यक्रममा अनमोलले श्रीकृष्णलाई सम्झिए । अनमोलले भने, ‘मैले केही वर्षअघि एउटा सपना देखें । सपनामा म कतै चलचित्रको छायांकन गरिरहेको थिएँ, छायांकनस्थलमा श्रीकृष्ण श्रेष्ठ सर आउनुभयो । उहाँले मलाई राम्रो गरिरहेका छौ, यसरी नै राम्रो गर्नु भन्नुभयो । सपनामा मैले यति मात्र याद गरें । बिहान उठेर फ्रेस भएर सामाजिक सञ्जाल खोल्दा मैले श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर थाहा पाएँ । सो कुराले म एकछिन स्तब्ध भएँ । जसलाई मैले सपनामा देखेँ, उहाँ अब यो संसारमा हुनुहुन्न भन्ने कुराले मलाई स्तब्ध बनायो । अहिले पनि यो कुरा भनिरहँदा म काँपिरहेको छु ।’

    ‘ए मेरो हजुर ४’को शीर्ष गीतमा रोमान्टिक मुद्रामा अनमोल र सुहाना

    अनमोलले श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको गीतमा आज आफूले अभिनय गरेको भन्दै अगाडि भने, ‘शायद आज मैले उहाँको गीतमा अभिनय गर्नु रहेछ र होला, मेरो सपनामा उहाँ आउनुभयो । मैले आजसम्म मेरो ड्याडको गीतमा अभिनय गरेको छैन ।’

    अनमोलले ‘ए मेरो हजुर’को दुईवटा सिरिजमा आफूले काम गर्न पाउनु आफ्ना लागि आर्शिवाद भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij