आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्च अदालतले भन्यो : स्थानीय तहका जनप्रतिनिधिको कार्यकालबारे व्याख्या हुनुपर्छ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७८



  • काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिने मितिबारे व्याख्या हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल कटौती हुन नपाइने भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चका सहरजिस्ट्रार नारायाण पन्थीले उनको रिट दरपीठ गरिदिएका थिए ।

    दरपीठको आदेशविरुद्ध दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको छ । आदेशमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकालका विषयमा संविधान र कानुनले गरेको व्यवस्थाको व्याख्या हुनुपर्ने भएकाले निवेदन दर्ता गर्नू भनिएको छ ।

    नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने उल्लेख छ । तर स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते सकिने भनी निर्वाचन आयोगले ब्याख्या गरेको छ ।
    सरकारले २०७९ वैशाख ३० गते निर्वाचन गर्दा २०७४ असोजमा निर्वाचन भएका प्रदेश २ का जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल कटौती हुने सम्भावना रहेको मेयर यादवले उल्लेख गरेका थिए ।
    यो पनि पढ्नुहोस
    स्थानीय जनप्रतिनिधिको कार्यकाल कहिले सकिन्छ ?

    ‘संविधान र कानूनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने प्रत्रहरु उपर न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनुवाई भई निरुपण हुनु नै मनासिव हुन्छ’ आदेशमा भनिएको छ, ‘संविधान र कानूनको व्याख्या सम्वन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपीठ गरी टुंग्याउनु उचित देखिंदैन ।’

    निवेदनमा स्थानीय तहका जनप्रतिनिधीहरुको कार्यकालको प्रश्न जोडिएको र त्यसक्रममा संविधानदेखि ऐनमा रहेका प्रावधानको व्याख्या गर्नुपर्ने भनी सर्वोच्चले आदेश दिएको हो ।

    सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधीहरुको पदावधि पाँच वर्ष हुने भन्ने संविधानको धारा २१५ र २१६ को व्याख्या तथा स्थानीय तह निर्वाचन ऐनमा भएका प्रावधानहरुको समेत व्याख्या गर्नुपर्ने भनी औल्याएको हो । आदेशपछि सर्वोच्च अदालत प्रशासनले मेयर सञ्जीव कुमार साहको निवेदन दर्ता गर्नुपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij