आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७८



  • दाङ । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्या अभियोगमा दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय उमादेवी चौधरी र ५२ वर्षीय हनुमान चौधरी रहेका छन्।

    प्रहरीले अभियुक्त भनेर पक्राउ गरेकी महिला मृतकी श्रीमती हुन्। ५४ वर्षीय लप्टेन चौधरीको माघ २९ गते उनीहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिमालले जानकारी दिए।

    उमादेवी श्रीमान् फागुन १ गतेदेखि हराएको भन्दै खोजी गर्न फागुन ५ गते प्रहरीकहाँ पुगेकी थिइन्। उजुरी परेपछि प्रहरीले लप्टेनको खोजी गर्दा फागुन ५ गते बेलुकी अन्दाजी ६ बजे दाङ गढवा गाँउपालिका वडा नम्बर २ कोठरी स्थित राप्ती नदीमा उनलाई मृत फेला पारेको थियो।

    घटनाको अनुसन्धान गर्दै जाँदा लप्टेनकै श्रीमती उमादेवी पक्राउ परेकी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    कसरी भएको थियो घटना ?

    शव भेटिएपछि हत्या भएको खुलेको हो। त्यसपछि प्रहरीले घटनालाई धेरै कोणबाट अनुसन्धान गरेको थियो। ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक भुवन भट्टको कमाण्डमा अनुसन्धान टोली खटाइयो। प्रहरीको अनुसन्धानमा लप्टेन र उमादेवी बिचको सम्बन्ध लामो समयदेखि राम्रो नभएको खुल्न आयो। त्यसपछि प्रहरीको अनुसन्धान लप्टेनकै श्रीमतीतर्फ सोझिएको थियो।

    उमादेवीलाई प्रहरीले सोधपुछ थाल्यो। लप्टेनले उमादेवीको हनुमान चौधरीसँग अबैध प्रेम सम्बन्ध छ भन्दै हिँड्ने गरेको पनि खुल्यो। लप्टेनले उमादेवीलाई कुटपिट गर्ने गरेकाले पहिलेदेखि नै उनलाई मार्ने योजना बनाएको खुल्यो।

    माघ २९ गते लप्टेनले मार्ने धम्की दिएको र हातपात गरेको हनुमानलाई उमादेवीले फोनमा सुनाइन्। त्यसपछि हनुमानले चौधरीले अवस्था कस्तो छ भनी बुझेका थिए। नशामा लठ्ठ छ भनेपछी लप्टेनलाई सुतेको कोठामा छाडी घरको दक्षिणतर्फको ढोका खुल्ला छाडी उमादेवी १२ वर्षीया छोरीलाई लिई अर्को कोठामा सुत्न गएको खुलेको छ।

    सोही राति करिब १० बजेको समयमा हनुमान घरको दक्षिणपट्टिको खुल्ला रहेको ढोकाबाट घर भित्र पसे। त्यही घाँटी च्यापी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। मरेपछि आफैले पिठ्युमा बोकी मृतकको एक जोर जुत्ता समेत साथैमा लगेर राप्ती नदीमा फालेको हनुमान चौधरीले प्रहरीलाई बयान दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij