प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७८
प्रेस काउन्सिल नेपालले दुई वटा अनलाइनलाई कालोसूचीमा राखेको छ।
आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकलले नेपाल आज डटकम र सगरमाथाखबर डटकमलाई कालोसूचीमा राखेको हो।
नेपाल आजले पटक-पटक व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेख्ने गरेको, खण्डन प्रकाशन गर्न दिइएको निर्देशन पालना नगरेको, सचेत र ध्यानाकर्षण गराउँदा पनि सुधार नआएपछि काउन्सिलले कालोसूचीमा राखेको हो।
नेपाल आज डटकमलले अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवर रूपमा प्रायोजित एवम् एकपक्षीय समाचार सम्प्रेषण गरेको, पेशाको चरम दुरुपयोग गरेको र ब्ल्याकमेलिङ गरी चरित्रहत्या गरेको उजुरी काउन्सिलमा परेको थियो।
काउन्सिलका अनुसार चालु आर्थिक वर्षको फागुन १२ गतेसम्म मिडियाविरूद्ध १३२ वटा उजुरी, आठ वटा जनगुनासो दर्ता भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij