आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७८



  • ?????????????????????????????????????????????????????????

    काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ ।बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सो सूचनामा पाँच दिनभित्र आवश्यक कागजातसहितको मूल्यांकन फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनेका छन् ।

    सशस्त्र प्रहरीमा अहिले डीआईजीको तीनवटा पद रिक्त छ । प्रविणकुमार श्रेष्ठ, खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएपछि ती पद रिक्त हुन गएको हो ।यद्यपि, एक वर्ष थप नभएपछि सर्वोच्च अदालत गुहारेका प्रविणकुमार श्रेष्ठको मुद्दा भने सर्वोच्च अदालतले अन्तिम किनारा लगाइसकेको छैन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा। कुमार चुडालको १३ साउन २०७८ को संयुक्त इजलाशले ८ साउन २०७८ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि श्रेष्ठ पदमुक्त भएका थिए ।

    तर, सोही आदेशमा प्रस्तुत रिट निवेदनका सम्बन्धमा प्रत्यर्थीबाट लिखित जवाफ परेपछि वा म्याद नाघेपछि प्रस्तुत रिट निवेदनलाई अग्राधिकार दिई पेस गर्नु भन्ने उल्लेख छ । सर्वोच्च अदालतले यो विषयको मुद्दालाई पटकपटक पेसीमा चढाउँदै आएको छ ।सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा वरिष्ठ उपरीक्षक ९एसएसपी० विदुर खड्का, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक अगाडि छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका हुन् ।

    खड्का १ भदौ २०५०, पाल १ मंसिर २०५४, सिंह १८ चैत २०५४ र पाठक १ मंसिर २०५४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनीहरू ७ वैशाख २०७७ मा डीआईजीमा बढुवा भएका थिए । सशस्त्रमा उनीहरूपछि सिसं १ मा सशस्त्र प्रहरी निरीक्षकका ब्याची कामु एसएसपी छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij