आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कैलाली, कञ्चनपुरमा बन्दको प्रभाव कस्ताे छ ?

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७८



  • धनगढी। एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ ।

    बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु भएका छैनन् । तर, हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

    उनका अनुसार बन्दकर्ताले आज लामो दूरीका सवारीसाधन, विद्यालय-कलेज, बजारव्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडी भने चल्न दिने बताएका छन् । देशका विभिन्न स्थानबाट हिजो नै छुटेका सवारी साधनलाई सम्बन्धित स्थानमा पुग्न दिइएको उनले बताए । त्यसका लागि मुख्य राजमार्गमा सुरक्षाकर्मी परिचालन समेत गरिएको उनले बताए ।

    कञ्चनपुरमा पनि बन्दका कारण शैक्षिक संस्था र लामो तथा छोटो दूरीका सवारी साधन बन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कञ्चनपुरमा अटो रिक्सा, मोटरसाइकल सुचारु छन् भने केही निजी ठूलासवारी समेत सञ्चालन भइरहेका छन् । मुख्य बजारबाहेक भित्री बजार भने बन्द नरहेको प्रहरी निरीक्षक बमले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij