आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ज्येष्ठ पत्रकारलाई अब मासिक भत्ता, कसले कति पाउँछन्?

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७८



  • सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने भएको छ। सूचना तथा प्राविधि मन्त्रालयले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड-२०७८’ बनाएर ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउने भएको हो।

    फागुन ११ गते मन्त्रालयले यो निर्णय गरेको हो। निर्णय अनुसार अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ पत्रकारले १५ हजारका दरले भत्ता पाउने भएका छन्।

    यसलाई ज्येष्ठ पत्रकार वृत्ति भनिएको छ। नेपाल पत्रकार महासंघले लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई सुझाव दिँदै आएको थियो। महासंघले मन्त्रालयको यो निर्णयको स्वागत गर्दै मापदण्डका कतिपय प्रावधान सरलीकृत गर्न सुझाव दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij