आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सम्झौता अनुसार घोराही-तुलसीपुर सडक निर्माण नसक्दा ठेक्का तोड्ने तयारी

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७८



  • दाङ । निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएकाे छ ।

    सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्याेलमा परेकाे छ ।

    यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भैसक्नु पर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्र छ ।

    सडक निर्माण नहुँदा जिर्ण बनेकाे सडक खण्डमा दुर्घटनाका कारण डेढ दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ । अझै पनि ठेकेदार कम्पनीकाे बाटाे कुर्ने हाे भने थप जनधनकाे क्षति हुने आयाेजनाकाे भनाइ छ । आयोजनाका प्रमुख अर्जुन बमले ठेक्का तोड्ने प्रक्रिया सुरु गइसकेकाे र यसका लागि सुरुमा स्पष्टिकरण सोधिने बताए । “पटक पटक काम गर्छु भन्दै ढिलासुस्ती गरेकाले अब ठेक्का तोड्नुको विकल्प छैन,’ उनले भने ।

    सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रिया समेत थालेको छ । आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ ।

    पेश्की रकम फिर्ता लिन सकिने भनेर अदालतबाट अन्तरिक आदेश आएसँगै सडक सुधार तथा विकास आयोजना निर्देशनालयले नेपाल बंगलादेश बैंकको कालीमाटी शाखामा पेश्की रकम फिर्ताका लागि पत्र पठाएको छ ।

    आयोजना प्रमुख बमले पेश्कीस्वरुप १२ करोड रुपैयाँ दिएको र दुई करोडको भुक्तानी भैसकेकाले १० करोड रुपैयाँ फिर्ता लिने प्रक्रिया सुरु भएको बताए । यो सडक निर्माण कार्यका लागि भारतीय एक्जिम बैंकले सवा अर्ब रुपैयाँ सहयोग गरेको छ ।

    संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो । पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४.४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने बताइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij