प्रकाशित मिति : मङ्लबार, फाल्गुन २४, २०७८
काठमाडौं । पूर्वमिस नेपालहरुले सामाजिक अभियान सुरु गरेका छन् । हालसम्मका २५ पूर्वमिस नेपालहरुले ‘फर्मर मिस नेपाल विनर क्लब’ गठन गरी सामाजिक अभियान सुरु गरेका हुन् । यसमा मानसिक स्वास्थ्यदेखि विपन्नलाई छात्रवृत्ति प्रदान गर्नेसम्मको योजना उनीहरुले अघि सारेका छन् ।
सबै पूर्वमिस नेपालहरुलाई एउटै छातामा आबद्ध गर्ने उद्देश्यले गठन गरिएको यो क्लबले सामाजिक कार्यमा सक्रियता जनाउने भएको छ । रुबी राणादेखि अनुष्का श्रेष्ठसम्म सहभागी रहेको क्लबले हालै मानसिक स्वास्थ्यको क्षेत्रमा सचेतना जगाउने काम सुरु गरेको छ । विपन्नलाई आर्थिक सहयोग दिलाउन कोष जम्मा गर्ने कार्य पनि चलिरहेको छ ।

यति मात्र होइन, पूर्वमिस नेपालहरु मिलेर गेट-टुगेदर र सेलिब्रेसन कार्य समेत हुन थालेको छ । सन्तानलाई जन्म दिने तयारीमा रहेकी पूर्वमिस नेपाल जेनिशा मोक्तानको ‘बेबी सावर’मा सबै पूर्वमिस नेपालहरु सहभागी भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij