आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लमजुङमा एक लाख ५२ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २४, २०७८



  • लमजुङ । लमजुङमा यहि फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । लमजुङमा यसपटक १ लाख ५२ हजार बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ । यो अभियान सफल पार्न स्वास्थ्य कार्यालयले हरेक नागरिकलाई आह्वान समेत गरेको छ । औषधि निःशुल्क दिँदा पनि नखाने प्रवृत्तिले नै रोग निवारणमा चुनौति देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम वरालले वताए ।

    लगातार ६ पटक औषधि खाएपछि किटाणु निष्क्रिय हुन्छ भने नखाएको मानिसमा सक्रिय रहन्छ । उनीहरूबाटै अन्यमा सर्ने क्रम चलिरहने भएकाले सबैले औषधि खानुपर्ने बरालको भनाइ छ । औषधि सेवनबाट कोही नछुटुन भन्ने उद्देश्यले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै छ । हात्तीपाइले रोग निवारणका लागि जिल्लामा १२ पटकसम्म हात्तीपाइलेको औषधि खुवाउने अभियान सञ्चालन गरेपनि रोग निवारण नभएपछि अहिले १३ औं पटक औषधि खुवाउन लागिएको हो ।

    लमजुङमा अझै पनि हात्तीपाईले रोगको उच्च जोखिम रहेकोले अभियानलाई निरन्तरता दिनुपरेको स्वास्थ्य कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार लगातार ६ वर्षसम्म औषधि सेवन गरेमा हात्तीपाइले रोग निवारण हुन्छ । तर लमजुङमा भने १२ पटक सम्म औषधि खुवाउने अभियान सञ्चालन गर्दा पनि हात्तीपाइलेका रोगी भेटिएपछि १३ औं पटक औषधि खुवाउनु परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । जिल्लामा सर्वेक्षणको क्रममा हात्तिपाईले रोगको प्रकोप दर औषतमा चार प्रतिशत रहेको छ ।

    जिल्लाको राईनास नगरपालिकास्थित धमिलिकुवा र चक्रतीर्थलाई हात्तीपाईले रोगको उच्च जोखिम क्षेत्रको रुपमा लिइएको छ । यद्यपि अन्य भागमा पनि हाइड्रोसिलका समस्या भएका विरामी देखापरेकाले दुईवर्ष भन्दा कम उमेरका बालबालिका, सिकिस्त विरामी र गर्भवती महिला बाहेक जिल्लाका सवै नागरिकलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दवाडीले वताए । नेपालमा हात्तीपाइले रोग निवारणका लागि सन् २०१६ सम्म रोगको प्रिभालेन्स १ प्रतिशतभन्दा कममा ल्याउने र २०३० सम्म रोग उल्मुलन गर्ने निति लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij