आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चोरीमा संग्लग्न ६ जना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७८



  • काठमाडौं । मोटरसाइकल चोरीमा संग्लग्न रहेका १ जना भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी सार्वजानिक गरेको छ ।

    पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगञ्जका १९ बर्षीय महम्मद समिम रहेका छन् ।

    झापा जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निबेदन परेसँगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्दे क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरीका प्रबक्ता नवीन राइले बताउनुभयो ।

    उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    मानिस पक्राउ परेसँगै उनीहरुले विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij