आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ठेकेदार र वन अध्यक्षको मिलेमतोमा सामुदायिक वनको ढुंगा उत्खनन

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७८



  • उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ–बाजगरास्थित दुधकोसी किनारमा सामूदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारकोे मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको रहस्य खुलेको छ ।

    कानुनी प्रक्रिया पुरा नगरी अबैध रुपमा सामुदायिक वन क्षेत्रभित्र दोहन भइरहेको रहस्य खुलेको हो । गोल्डेनगुट कन्स्ट्रक्सन जेभी गाईघाटका सञ्चालक सुमन्त कोइराला र जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बृखबहादुर मगर बीचको मिलेमतोमा अबैध ढुंगा उत्खनन भइरहेको छ

    सो क्षेत्रमा सञ्चालित क्रसरको लागि सय मिटर पूर्वत्तर क्षेत्रमा रहेको जंगल क्षेत्रको ढुंगा उत्खनन गरी क्रसरमा प्रयोग भइरहेको छ । ढुंगा उत्खनन बारे अध्यक्ष मगरले भने, ‘यो बाटो बेल्टार जानेबाटो हो, त्यहाँ अलिकति साघुरो पनि भएकोले ठेकेदार सुमन्त कोइरालाले मागेको मागेकै गरेपछि हामी समिति र आम उपभोक्ताको निर्णयले ३ लाख रुपैया दिने शर्तमा उत्खनन गर्न दिएका हौं ।

    ठेकेदार कोइरालाले भने, ‘त्यहाँका वन समितिकोले बाटो फाराकिलो हुन्छ ढुंगा खन्नु की खन्नु भनेकाले मात्र आफूले खनेको हो । त्यसबापत मैले ३ लाख रुपैयाँ पनि दिएको छु ।´ बाटो बनाइ दिने बहानामा ठूलो प्राकृतिक सम्पदा नै नष्ट र भूक्षय तथा पहिरोको जोखिम बढ्न सक्ने स्थानीयबासीले बताए । तर ठेकेदारले दिने भनिएको रकमको चेक एक जना व्यक्ति कर्णबहादुर तामाङको नाममा दिएकाले उसैले सो चेक राखेको पनि अध्यक्ष मगरले बताए । चेक आगामी चैत ५ गतेभित्र पैसा जम्मा गर्ने शर्तमा दिएको अध्यक्ष मगरले बताए ।

    कति घन मिटर, कति क्षेत्रफलसम्म उत्खनन गर्न दिने भन्ने टुंगो नै नभए पनि यति यहाँसम्म भनेर देखाइएको छ त्यति मात्र खन्ने हो, अध्यक्ष मगरले बताए । सो विषयमा वडाध्यक्ष कुरुङ राईलाई भने कुनै जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी नभएको भन्दा ठेकेदार सुमन्त कोइरालाले चाही फोन मार्फत सामान्य जानकारी गराएको थियो । तर विस्तृत जानकारी त्यहाँका स्थानीय वन उपभोक्ता समितिहरुसँग सामाजिक रुपमा छलफल भएको छैन, अब विस्तारै सो बारेमा बुझ्नेछु । सो विषयमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेललाई कुनै जानकारी नभएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij