आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मिसाइल विवादमा भारतले आफ्नो माग नमानेपछि पाकिस्तान संयुक्त राष्ट्रसंघ पुग्यो

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७८



  • काठमाडौं। भारतीय मिसाइल प्राविधिक गडबडीका कारण फायर भएर पाकिस्तानमा खसेको विषयमा भारतले आफ्नो माग नमानेपछि पाकिस्तान संयुक्त राष्ट्रसंघ पुगेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग कुरा गरेका छन् । कुरैसीले महासचिव गुटेरेसलाई भारतीइ मिसाइल फायर भएर पाकिस्तानमा खसेको घटनाबारे जानकारी दिँदै यसले उड्डयन सुरक्षाका साथै क्षेत्रीय शान्ति र अस्थिरताका विषयमा भारतको उपेक्षा दर्शाउने बताए ।

    पाकिस्तानले यो घटनाको संयुक्त जाँच गर्नुपर्ने माग गरेको छ तर भारतले आफ्नै तर्फबाट उच्चस्तरीय विभागीय जाँच सुरु गरेको छ । पाकिस्तानी विदेशमन्त्रीले राष्ट्रसंघीय महासचिवसँगको कुराकानीमा भारतको हर्कत गैरजिम्मेवार भएको बताउँदै यो घटनालाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद सहित अन्तर्राष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने बताए ।

    पाकिस्तानका एक अधिकारीले यदि भारत संयुक्त जाँचको मागमा सहमत भएन भने पाकिस्तानले अरु विकल्पको बारेमा पनि विचार गरिरहेको बताए । अधिकारीले पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनसँग भने ‘हामी अहिले पनि भारतको प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छौं । ती अधिकारीले यो सजिलै किनारा लगाइने सामान्य मुद्दा नभएको बताए । उनले भने ‘यदि भारत संयुक्त जाँचमा सहमत हुन अस्वीकार गर्छ भने हामी अरु विकल्पमा पनि विचार गरिरहेका छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij