आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अभिनेत्रीको ३ करोड सिभिल सहकारीमा फस्यो, न्याय दिलाउन कलाकार संघको अपील

  • प्रकाशित मिति : बुधबार, चैत्र २, २०७८



  • काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ ।

    संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको र उनीहरुले उक्त संस्थाका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको उल्लेख गरेको छ ।

    यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही गर्न संघले माग गरेको छ ।

    सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको जनाइएको छ । उक्त संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको उल्लेख छ ।

    संघका अनुसार तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।

    ‘मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    सिभिल सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij