आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दुई वर्षपछिको होली, सभ्य र भव्य

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३, २०७८



  • काठमाडौं । हुलहुज्जत गरेर होली मनाउने परम्परा विस्तारै अन्त्य हुँदै गएको छ । अपवाद छोडेर रंग खेल्ने शैलीमा पनि परिवर्तन आएको महसूस गरिएको छ । केही वर्षअघिसम्म काममा हिँडेकाहरु त्यसमाथि महिलामाथि लोला र रंगले भद्दा आक्रमण हुने गरेकोमा यो वर्ष त्यस्तो देखिएन ।

    कोभिडको संक्रमणबाट राहत पाएसँगै यस वर्ष होली मनाउनेहरुमा थप उत्साह देखियो । दुई वर्षदेखि खोसिएको खुसी यो वर्ष आमनागरिकले होलीमा खुसीसाथ साटासाट गरेका छन् । होली मनाउने क्रममा अघिल्ला वर्षहरुमा सडकमा देखिने भद्दा शैली यो वर्ष देखिएन । मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्नेको संख्या शून्यमै झरेको देखियो । घरको छतमा बसेर लोला हान्ने, रंग खेल्न नचाहनेलाई जबर्जस्त गर्नेहरुको प्रभाव घटेको पाइयो । जसका कारण सडकमा हिँडेका कामकाजीले पनि राहत महसुस गरेका थिए ।

    कतिपय ठाउँमा मन मिल्नेहरु हार्दिकतापूर्वक रंग खेलिरहेका भेटिए । सरकारी विदाका कारण काठमाडौंका सडकमा यातायातका साधन पातलो चलेका थिए । काठमाडौंका प्रमुख सार्वजनिक स्थलमा स्वतस्फूर्त भेला भएका नागरिकले रमाइलो गरी होली पर्व मनाएका थिए । प्रहरीको सुरक्षाका कारण होली मर्यादित भएको तर्क राख्ने पनि भेटिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij