आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तत : रुसी यान चढेर पृथ्वीमा फर्किने भए अमेरिकी अन्तरीक्षयात्री

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७८



  • काठमाडौं ।  युक्रेनमाथि भएको रुसी आक्रमणसँगै अमेरिका र रुसबीच बढ्दो तनावका कारण अन्तरीक्षमै अड्किने जोखिममा रहेका एकजना अमेरिकी अन्तरीक्षयात्री अन्ततः निर्धारित समयमै पृथ्वीमा फर्किने भएका छन् ।

    अमेरिकी अन्तरीक्षयात्री मार्क भन्दे हेइलाई आगामी मार्च ३० मा पृथ्वीमा फर्कने सोयुज यानमा लिफ्ट दिन रुस तयार भएको हो ।

    रुसमाथि अमेरिकाले लगाएका कडा प्रतिबन्धको जवाफमा रुसी अन्तरीक्ष एजेन्सी रस्कोमसका प्रमुखले अन्तरीक्ष स्टेशनमा ३ सय ५५ दिन बिताएका अमेरिकी अन्तरीक्षयात्री हेइलाई स्पेस स्टेशनमै छाडिदिने धम्की दिएका थिए । तर अन्ततः उनलाई पूर्वनिर्धारित कार्यक्रम अनुसार आफ्नो यानमा चढाएर फिर्ता ल्याउन रुस सहमत भएको हो । हेईसँगै दुईजना रुसी अन्तरीक्षयात्री पनि पृथ्वीमा फर्किँदैछन् ।

    अमेरिकी अन्तरीक्ष संस्था नासाको इन्टरनेशनल स्पेस स्टेशन कार्यक्रमका व्यवस्थापक जोएल मोन्टाल्बानोले भनेका छन् ‘म ढुक्कसाथ भन्छु कि मार्क घर फर्किँदैछन् । हामी रुसी सहकर्मीहरुसँग निरन्तर सम्पर्कमा छौँ । यस विषयमा त्यहाँ कुनै विवाद छैन ।’

    उनका अनुसार स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु विश्वको पछिल्लो घटनाक्रमबारे जानकार रहेको भए पनि उनीहरु अहिलेसम्म समूहवद्ध भएर काम गरिरहेका छन् ।

    अन्तर्राष्ट्रिय अन्तरीक्ष कानूनका अनुसार हरेक देशका अन्तरीक्षयात्रीहरुले अरु अन्तरीक्षयात्रीलाई आवश्यक परेको बेला सबैखाले सहयोग गर्र्नुपर्दछ र विदेशी मुलुक तथा समुन्द्रमा आकस्मिक अवतरण गर्न पनि दिनुपर्दछ ।

    रुसी अन्तरीक्ष एजेन्सी रस्कोसमसका प्रमुख दिमित्री रोगोजिनले यसअघि अमेरिकी प्रतिबन्धका कारण स्पेस स्टेशनको सञ्चालनमा प्राविधिक कठिनाई उत्पन्न हुने चेतावनी दिएका थिए । तर नासाका अधिकारी मोन्टाल्बानोले भने विगत २० वर्षदेखि नै स्पेस स्टेशन राम्रोसँग सञ्चालन भैरहेको र पछिल्लो ३ हप्ताका घटनाले यसमा कुनै असर नपरेको बताएका छन् । बीबीसीको सहयोगमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij