आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लैंगिक हिंसा पुरुषमाथि पनि

  • प्रकाशित मिति : शनिबार, चैत्र १२, २०७८



  • काठमाडौैं । लैङ्गिक समानता र राष्ट्रिय मापदण्ड सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा महिलामात्र नभएर पुरुषमाथि पनि हुने गरेको बताएका छन् । काठमाडौं बिहीबार र शुक्रबार चलेको दुई दिने लैङ्गिक समानता र राष्ट्रिय मापदण्डसम्बन्धी गोष्ठीका सहभागीहरुले लैंगिक हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।

    विश्वभरका सात सय युनियनहरूको छाता युनियन पब्लिक सर्भिस इन्टरनेसनलले गरेको सो गोष्ठीमा नेपालभित्रका नौवटा युनियनका व्यक्तिहरू सहभागी थिए ।

    कार्यशालामा लैङ्गिक हिंसा, सी १९० के हो र लैंगिक हिंसा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । सो क्रममा लैंगिक हिंसा महिलामाथि मात्र नभएर पुरूषमाथि नि दुर्व्यवहार हुने गरेको सहभागीले बताएका हुन् ।

    उनीहरुले दुर्व्यवहारसम्बन्धी नयाँ नयाँ स्वरूपहरू आएका भन्दै सामाजिक सञ्जालमार्फत् पनि दुर्व्यवहार बढिरहेको बताए । कार्यक्रममा पब्लिक सर्भिस इन्टरनेसनलका एसिया प्यासिफिक महासचिव रामन कान्नन, बन्दना शर्मा, तिलकजङ्ग खड्का, राधिका कुइँकेल, मञ्जु थापामगर, कमला कुइँकेललगायतले आआफ्नो धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij