आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिक्री गर्न भारततर्फ लगिएको हात्तीसहित ३ जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, चैत्र १२, २०७८



  • वीरगञ्ज । पर्साबाट प्रहरीले भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ गरेको छ ।

    चितवन भरतपुर महानगरपालिका– १८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम पक्राउ परेका हुन् ।

    महतो र कुमाल माउते हुन् भने आलम हात्ती बिक्री गर्न लैजाने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

    नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लैजाँदै गरेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

    उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij