आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

करिब २० हजार भूमिहीनलाई लालपूर्जा वितरण

  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७८



  • काठमाडौं । सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको छ ।

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् ।

    बाँकेको कोहलपुर नगरपालिका-३ स्थित गाउँ ब्लकमा रहेका ९६ घरपरिवारलाई आइतबार लालपूर्जा वितरण गर्दै उनले दाबी यस्तो दाबी गरेकी हुन् । गाउँ ब्लकमा लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम आगाडि बढाएको उनको भनाइ छ ।

    चार महिनाको अवधिमा १९ हजार ६ सयभन्दा बढी भूमिहीनलाई लालपूर्जा वितरण गरिसकिएको उनले बताइन् । अबको एक वर्षभित्रमा सबै गाउँ ब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तिब्र पारिएको उनको भनाइ छ ।

    संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।

    मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै उनले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दीगो रुपमा नै समाधान गर्न आफू लागि परेको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij