प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७८
पारिवारिक विवाद वा अंशबण्डामा जग्गा जमिन, घर तथा अन्य धन सम्पत्तिको भागबण्डा हुनु त सामान्य हो । तर छिमेकी मुलुक भारतमा भने दुईजना पत्नीहरू बीच एक लोग्नेको भागबण्डा भएको छ ।
बिहारको पूर्णिया जिल्लामा पर्ने एक गाउँमा दुईजना पत्नीहरूले आपसी सहमतिमा एक पतिलाई आपसमा भागबण्डा गरेका हुन्।
प्रहरी परिवार परामर्श केन्द्रको उक्त निर्णयप्रति दुवै पत्नी र पतिले सहमति जनाए र कानुनी कागज पनि गरियो ।
प्रहरी परिवार परामर्श केन्द्रको निर्देशनमा तिनजना पतिपत्नीबीच यस्तो समझदारी भएको छ ।
त्यसपछि प्रहरीले ती महिलाको लोग्ने तथा अर्की पत्नीलाई पनि चौकीमा बोलायो । दुवै पत्नीको कुरा सुनिसकेपछि प्रहरी असमन्जसमा पर्यो । र अन्ततः लोग्नेचाहिं दुवै पत्नीसँग बस्नुपर्ने र दुईजनाकै भरणपोषण गर्नुपर्ने निर्णय गर्यो । साथै उनले दुई पत्नीलाई अलग अलग घरमा राख्नुपर्ने र महिनाको १५ दिन पहिलो पत्नीसँग तथा अर्को १५ दिन दोस्रो पत्नीसँग बस्नुपर्ने निर्णय पनि प्रहरीले गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij