आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७८



  • रसुवा । रसुवामा म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु भएको छ । गत आइतबारदेखि शुक्रबारसम्म दिएका आवेदनबाट म्यादी प्रहरी छनौटका लागि प्रक्रिया सुरु गरिएको हो ।

    मंगलबारदेखि सदरमुकाम धुन्चेमा म्यादी प्रहरीका लागि छनौटको प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा म्यादी बन्नका लागि जिल्लामा ५४४ जनाले आवेदन दिएका छन् । जसमध्ये १३९ जना महिला रहेका छन् ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ सय ६३ जना म्यादी प्रहरीका लागि छनौट गरिने सापकोटाले बताए । मंगलबारदेखि स्वास्थ्य, शारीरिक परीक्षण सुरु भएको समेत उनको भनाई रहेको छ । म्यादी बन्नका लागि आवेदन दिएका अधिकांश युवा रहेको उनले बताए ।

    म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता विधि अपनाइने बताइएको छ । म्यादीका लागि छनौट भएकाहरूलाई तालिम दिएर निर्वाचनका लागि खटाइनेसमेत बताइएको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij