आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शिव र भुवन राप्रपा प्रवेश गर्न लागेका हुन् ?

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७८



  • काठमाडौं । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको छ ।

    ‘उहाँहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको छ र जतिसक्दो चाँडो उहाँहरु प्रवेश गर्नुहुन्छ,’ शाहीले अनलाइनखबरसँग भने । पार्टी प्रवेश गराउने जिम्मा महामन्त्री धवलशमशेर राणाको वार्ता समितिलाई दिइएको समेत उनले जानकारी दिए ।

    भुवनले गत शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर पार्टी प्रवेशबारे छलफल गरेको जनाइएको छ । आफूलाई समानुपातिक सांसदको उम्मेदवार बनाउन भुवनले प्रस्ताव समेत राखेको स्रोतले बताएको छ । तर प्रवक्ता शाहीले भने अध्यक्ष लिङ्देन र अभिनेता केसीबीचको छलफलबारे आफूलाई थाहा नभएको बताए ।

    ‘उहाँहरुबीच भेट्ने कुरा चाहिं भएको हो, तर छलफलबारे मलाई थाहा छैन । सबै जिम्मा धवलजीको वार्ता समितिलाई दिएका छौं,’ उनले भने । यो विषयमा भुवनले भने केही बताउन चाहेनन् ।

    साथै, अभिनेत्री मनिषा कोइरालासँग पनि छलफल भइरहेको जानकारी प्रवक्ता शाहीले दिए । ‘मनिषाजीसँग पार्टीगत कुराकानी होइन । राष्ट्रवादी शक्तिहरुबीच एकता र सहकार्य गर्नेबारे कुराकानी भएको हो,’ उनले भने, ‘त्यही अवधारणाअनुसार कुराकानीलाई अघि बढाइरहेका हौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij