शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७८



  • ललितपुरस्थित यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

    ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमती कार्यालय परिसर तथा बाहिरबाट १५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।

    शाहका अनुसार उनीहरूले व्यक्तिगत काममा आएका सेवाग्राहीहरूलाई अनावश्यक झन्झटमा पारेको भन्ने गुनासो प्रहरी कार्यालयमा आएको थियो। सो गुनासोपछि प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा खोटाङ घर भई ललितपुर बागडोल बस्ने १९ वर्षीया इनिमाया राई, कुसुन्ती बस्ने २५ वर्षीया निमा लामा. उदयपुरकी १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगा घर भई जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीका २१ वर्षीय अरूण मगर र ३७ वर्षीय शंकर कार्की छन्।
    Euro

    यस्तै, धादिङका ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही घर भई कालिमाटी बस्ने ३० वर्षीय राजिब पाख्रीन, रामेछाप घर भई बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, कुसुन्तीका २४ वर्षीय उमेश लामा, रामेछाप घर भई एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुर घर भई कुसुन्ती बस्ने २४ पर्षीय कुमार दनुवार राई र रामेछाप घर भई एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर पनि पक्राउ परेका छन्।

    काभ्रे घर भई सातदोबाटो बस्ने २३ वर्षीय दिपक घोरासैनी र इमाडोल बस्ने ३० वर्षीय दिपेन्द्र खड्का पक्राउ परेका हुन्।

    उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij