आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

क्युबामा गँगटो आतंक ! घर-सडक कब्जा

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७८



  • कम्युनिष्ट मुलुक क्युबा पछिल्लो समय गँगटो आतंकबाट पीडित बनेको छ । गँगटोका झुण्डले क्युबाका धेरै तटीय क्षेत्रमा आतंक मच्चाइरहेका छन् । यस्तो लाग्दछ कि मानिससँग बदला लिनका लागि गँगटाहरू समुद्रबाट बाहिर निस्किएर वस्तीमा छिरिरहेका छन् ।

    रातो, कालो, पहेंलो तथा सुन्तलालगायतका विभिन्न रङका गँगटाहरूले खाडीदेखि सडकसम्म र जंगलदेखि घरसम्म हरेक ठाउँमा कब्जा गरेका छन् ।

    बे अफ पिग्स हालको गँगटा आतंकबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । हुनत क्युबामा समुद्रबाट जमिनमा गँगटा आउने कुरा नौलो होइन र यो हरेक वर्ष हुन्छ । तर, यसपटक गँगटाहरू निकै छिटो निस्किए । जसको तयारी स्थानीय सरकार तथा सर्वसाधारणहरूले गरेका थिएनन् । गँगटाको लागि कोरोनाकाल सबैभन्दा लाभदायी समय थियो ।

    कोरोनाकालमा भएको लकडाउनका कारण दुई वर्षसम्म मानवीय गतिविधिहरू लगभग बन्द भए । जंगल, समुद्री क्षेत्र, सडक आदि ठाउँमा मानिसको आवजावत बन्द भयो । गँगटाहरूलाई प्रकृतिले मौका दियो र स्वतन्त्रता पनि । यसले गँगटालाई यत्रतत्र फैलिन र अधिकतम प्रजनन गर्ने मौका दियो । जसका कारण क्युबामा गँगटाको संख्या अत्यधिक बढ्न पुग्यो । संख्यामात्र होइन गँगटाको आकार पनि निकै बढेको छ ।

    क्युबाको वातावरण मन्त्रालयका वैज्ञानिक रिनाल्डो सन्टानाका अनुसार यो वर्ष गँगटा किन छिटो बाहिर निस्किए भन्ने कुराको खोजी भैरहेको छ । कोरोना कालमा गँगटाको संख्या बढेर यस्तो भएको हो वा अन्य कुनै प्राकृतिक कारणले हो ? भनेर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् ।

    क्युबामा वसन्तु ऋतुमा हुने वर्षाको मज्जा लिन आएका पर्यटकहरू यस वर्ष भयानक गँगटो आतंकका कारण पीडित बनेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij