आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपाल प्रहरीमा भावी आईजीपी को ?

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७८



  • काठमाडौं। नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले बिहीबार फुली लगाए ।

    सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि उनीहरूले बिहीबार नै फुली लगाएका हुन्।

    बढुवा भएका प्रहरी अधिकारीले फुली लगाएसँगै प्रहरीमा ‘आगामी नेतृत्वमा को ?’ भन्ने चर्चा सुरु भइसकेको छ । अब प्रहरीको नयाँ नेतृत्वका लागि चार जना एआईजी प्रतिस्पर्धामा उत्रने निश्चित भएको हो।

    विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजीमा बढुवा भएका थिए । पोखरेल थापाभन्दा अघि २०७७ मंसिरमा नै एआईजी बनेका हुन् । थापा भने गत असारमा एआईजी भएका हुन् ।

    बिहीबार तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि सशक्त दाबेदार बनेका छन् । प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । प्रहरी नियमावलीमा एआईजीहरूमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ ।

    बिहीबार बढुवामा परेका मध्ये पन्त १९ वैशाखमा आईजीपी शैलेश थापा क्षत्रीसँगै अनिवार्य अवकाशमा जाँदा चार एआईजी मात्रै आईजीपीको दौडमा हुनेछन् भने सरकारको रोजाइमा परेका एआईजी नेपाल प्रहरीको भावी आईजीपी बन्नेछन् ।

    नयाँ बन्ने आईजीपीले नै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन गराउनेछन् । सरकारले स्थानीय तहको निर्वाचन र आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाईसमेत ख्याल गरेर नयाँ आईजीपी बनाउनेछ ।

    प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ ।

    ‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’ राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij