प्रकाशित मिति : शुक्रबार, चैत्र १८, २०७८
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । काज सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।
बिहिबार भएको काज सरुवाअनुसार महानगरीय प्रहरी वृत कीर्तिपुरमा डीएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय सिमरामा युवराज तिमल्सिना, ईलाका प्रहरी कार्यालय धरानमा बुद्ध श्रेष्ठ र ईलाका प्रहरी कार्यालय गरुडामा बरुण बहादुर सिंहको सरुवा भएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय टीकापुरमा डीएसपी हेम शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij