आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एउटा मोटरसाइकलमा ७ जना चढेर हिँड्दा ट्राफिकले समातेपछि…

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७८



  • काठमाडौं । बिहारको शिवहर जिल्लामा एक व्यक्तिले बाइक चलाएको भिडियो भाइरल भएको छ। ती व्यक्ति ६ जना यात्रुसहित बाइकमा बसिरहेका थिए । यति मात्र होइन, मोटरसाइकल चालक पनि हेलमेट बिना नै थिए । मोटरसाइकलमा सवार मध्ये २ महिला र ४ बालबालिका रहेका थिए । त्यो बाइकमा सवार व्यक्तिलाई देख्ने जो कोही छक्क परे । यो पूरा मामला शिवहर जिल्लाको नगर थाना क्षेत्रको हो।

    एउटै मोटरसाइकलमा सवार दुई महिला र बालबालिकासहित सात जनालाई देखेर प्रहरी पनि छक्क परेको छ । नगरको नवाब हाईस्कुल नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकल चालकलाई प्रहरीले रोकेको हो । यति धेरै यात्रु बोकेको भन्दै घटनास्थलमा उपस्थित प्रहरीले पहिले उक्त व्यक्तिलाई गाली गरे । पछि त्यसरी बाइक नचड्न सुझाव दिए ।

    यसैबीच, सार्वजनिक रूपमा मोटर वाहन ऐनको अवहेलना गर्ने व्यक्तिको भिडियो भाइरल भएपछि मानिसहरूले पनि रमाइलो मानिरहेका छन्। कसैले यसलाई पेट्रोल र डिजेलको बढ्दो मूल्यसँग जोडेर हेरिरहेका छन् भने कसैले यसलाई मनोरञ्जनको रुपमा लिएका छन् । भिडियो भाइरल भएपछि नगर थानाध्यक्षले पनि अगाडि आएर स्पष्टीकरण दिनुपरेको थियो । उनले त्यसरी सवारी साधन नचलाउन चालकहरुलाई आग्रह गरे ।

    यसरी मोटरसाइकल चलाउँदा दुर्घटना हुने सम्भावना बढेको नगर प्रहरी चौकी प्रमुख रघुनाथ प्रसाद बताउँछन् । उनले यसरी मोटरसाइकल नचलाउन त्यस्ता चालकलाई अनुरोध गरेका छन् । यदि त्यस्ता व्यक्तिहरू मान्दैनन् भने उनीहरूलाई मोटर वाहन ऐन अन्तर्गत कारबाही गरिने र जरिवाना पनि गरिने र कतिपयलाई सम्झाएर सुधार्ने मौका पनि दिइएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij