प्रकाशित मिति : मङ्लबार, चैत्र २२, २०७८
काठमाडौं । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ ।
आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।
निर्माणाधीन पुलको संरचना बाढीले भत्काउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij