आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नुवाकोट तीनपिप्लेको जंगलमा चिनियाँ मन्त्री देखिएपछि चकित !

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७८



  • काठमाडौँ – तीन दिने नेपाल भ्रमण सकाएर चिनियाँ विदेश मन्त्री वाङ यी आफ्नै देश फर्किएका छन् । नेपालबाट चीन फर्किदा उने नेपाल सांच्चै स्वर्गको टुक्रा भएको प्रमाणित गरेका छन् । हामीले पनि हत्तपत्त हिँड्न नचाहेको पैदलयात्रा मार्ग (हाइकिङ रुट) को मज्जा लिएर फर्किए ।

    काठमाडौंबाट उत्तरीभेगको नुवाकोट जिल्लासँग जोडिने तीनपिप्लेसम्म गाडीमा पुगेर ओर्लिएका मन्त्री वाङ त्यहाँबाट सवा चार घण्टा हिँडेर झोर महांकाल हुँदै होटलमा प्रकट भए । वाङसहितको टोलीले उक्त जंगली यात्रामा कुनै डर, कष्ट र झन्झट नमानेको देख्दा नेपाली सुरक्षाकर्मीहरु अचम्मित छन् ।

    शनिबार विहान ७ः३५ बजे बत्तीसपुतलीस्थित होटल द्वारिकाज्बाट निस्किएको वाङको टोली हाइकिङ सिध्याएर दिउँसो साढे १२ः३२ बजे बल्ल फर्किएको थियो । त्यसरी एउटा शक्तिराष्ट्रका महत्वपूर्ण राजकीय परिषद् सदस्यले जंगल–जंगलै हिँड्ने रहर गरेपछि नेपाली सुरक्षाकर्मी अघिल्लै दिनदेखि खटिए भने विदेश जाँदा होटलमै गजधम्म बसेर भुँडी हाल्ने आफ्ना नेताहरुको चालामाला सम्झेर ती आफैं दंग परेका छन् ।

    वाङ हाइकिङमा जाने सूचना पाउनासाथ नेपाली सेना, प्रहरी र सशस्त्रले अघिल्लो दिनदेखि आ–आफ्ना टोलीलाई विभिन्न किसिमले परिचालन गरेका थिए । त्यसक्रममा हजारभन्दा बढी सुरक्षाकर्मी कोही पोशाकसहित त कोहीचाहिँ सर्वसाधारणजस्तै देखिने गरी खटिएका हुन् । यसक्रममा कतिपयलाई राति वरपरका गाउँ र जंगलमा राखिएको थियो । वाङको सुरक्षामा समस्या आउला भनी उनी दिल्लीबाट ओर्लनुअघि शुक्रबार ४ बजे आसपास प्रहरीले कोटेश्वर बस्ने काभ्रेका ३५ वर्षीय विकास गिरीलाई नियन्त्रणमा लिएको थियो ।

    उनलाई गौशाला प्रहरी बृत्तमा थुनियो । तर, उनले वाङको भ्रमणलाई कसरी चुनौती दिए भन्नेबारे केही खुलाइएन । उक्त भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि बौद्ध क्षेत्रसम्मलाई प्रहरीले उच्च चुनौती क्षेत्र तोकेर सुरक्षा व्यवस्था मिलाएको थियो । बौद्धमा स्वतन्त्र तिब्बत पक्षधर शरणार्थीहरु बढी हुनाले र विमानस्थलमा त्यही पक्षका मानिसहरुले प्रदर्शन गर्ने सम्भावनाका कारण त्यसो गरिएको हो ।

    वाङ जंगल जाँदा रुट प्लान गोप्य राखिएको थियो । उनी यसअघि नेपाल आउँदा नगरकोट हाइकिङमा सहभागी थिए । यसचोटिको हाइकिङमा सशस्त्रले सुरक्षाका लागि एरिया कभर गरेको थियो । यताबाट झर्ने कि उताबाट भन्ने निश्चित थिएन । अन्तिममा उनी तीनपिप्लेबाट डाँडा चढेर टोखाबाट झरे । भनिन्छ, उनले टोखा–छहरे सुरुङमार्गको अध्ययन गरेका छन् । तीन पिप्लेको डाँडाबाट रसुवा छर्लङ्गै देखिन्छ, वाङको हाइकिङले नेपाल सुरक्षित छ भन्ने कुराको विश्वव्यापी सन्देश गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij