आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बुटवलमा मगर युवा संघले जलायो ओलिको पुत्ला

  • प्रकाशित मिति : बिहिबार, चैत्र २४, २०७८



  • बुटवल । बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

    बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो ।

    ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा पुत्ला दहन गरेको हो ।

    २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको भएपनि ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समुदायको अपमान गरेको भन्दै पुत्ला जलाएको उनीहरुले बताएका छन् ।

    बुधबार पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।

    विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणबद्ध आन्दोलन गर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij