आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पानीले शहर जलमग्न, राति यी ठाउँमा सतर्कता अपनाउन अनुरोध

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७८



  • वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार आसपास क्षेत्र जलमग्न बनेको छ । शनिबार अपराह्नको वर्षापछि स्थानीय पुण्यमाता खोलामा बाढी आउँदा बजार क्षेत्र जलमग्न बनेको हो । आज काभ्रेका बनेपा, धुलिखेललगायत स्थानमा ठूलो वर्षा भएको बताइएको छ ।

    सतर्कता अपनाउनु

    देशका केही स्थानमा आज वर्षा भएको छ । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव छ । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले शनिबार साँझ सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    यस्तै, पश्चिम तराईका भूभागहरूमा तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij