आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

देउवाबिना माओवादीको भविष्य छैन: महासचिव पोखरेल

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७८



  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गर्नुभएकाे छ ।

    राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने, केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँकाे भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कम्युनिष्ट आन्दोलनमा जोड्न आवश्यक नरहेको समेत उहाँले बताउनुभयाे ।

    आज (आइतबार) काठमाडौंमा आयोजित स्थानीय निर्वाचन केन्द्रित प्रचार भेलामा उहाँले प्रचण्ड र नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवासँगै जान दिनुपर्ने बताउनुभयो । तर, उनीहरूसँग भएका कार्यकर्तालाई भने एमालेमा जोड्न लाग्नुपर्ने उहाँको तर्क छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले अन्तर्राष्ट्रिय रूपमा छवि राम्रो बनाउन सकेको नेकपा एमालेका महासचिव शंकर पोखरेलकाे दावी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij