आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र ३०, २०७८



  • काठमाडौं । ओखलढुङ्गाको बान्द्रेभीरमा प्रहरी चढेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मानेभन्ज्याङ गाउँपालिकाको बान्द्रेभीरमा भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशी रहेका छन् ।

    घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुबाट विराटनगर हिँडेको प्रहरीको जिप दुर्घटनामा परेको हो ।

    गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीहरू हतियार मर्मतका लागि हिँडेका थिए ।

    घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद खनाल छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij