आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओछयानमा दिसा पिसाब गरेको भन्दै सौतेनी छोरालाई

  • प्रकाशित मिति : बुधबार, चैत्र ३०, २०७८



  • तीन वर्षको नाबालक छोरालाई निर्घात कुटपिट गर्ने सौतेनी आमा र बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

    सुतेको ओछयानमा दिसा पिसाब गरेको भन्दै आमाबुबा मिलेर लात्ती र मुक्काले निर्घात कुटपिट गर्नुका साथै नाबालकलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो ।

    पक्राउ पर्नेमा ती नाबालकका बुबा ३९ वर्षीय तिलक बुढा र सौतेनी आमा २८ वर्षीय उर्मिला बुढा रहेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ स्थायी घर भएका तिलकले निजको जेठी श्रीमतीको मृत्यु पश्चात् उर्मिलासँग दोस्रो विवाह गरेका थिए । विवाहपछि दुवै जना जेठी श्रीमतीबाट जायजन्म भएको छोराछोरी समेत साथमा लिई काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थित सि.एन इट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएका थिए ।

    गत चैत ९ गते सोही इट्टा उद्योग नजिकै रहेको छाप्रोमा सुती रहेको नाबालक छोरालाई सौतिनी आमाले सुताएको ओछयानमा दिसा पिसाब गर्‍यो भनी लात्ती र मुक्काले निर्घात कुटपिट गरी रहेको अवस्थामा बुबा तिलकसमेत आई लछार पछार पारी, सुतिरहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाइते बनाएका थिए । नाबालकलाई स्थानीयहरूले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पुर्‍याएका थिए । बालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    नाबालकको अवस्था गम्भीर रहेकाले कानुन बमोजिम कारबाही गरी पाउँ भनी घाइते नाबालकको मामा तेज बहादुर घर्तीले ज्यान सम्बन्धी कसुर ज्यान मार्ने उद्योग शीर्षकमा चैत २९ गते जाहेरी दरखास्त दिएपछि प्रहरीले बुढा दम्पतीलाई पक्राउ गरेको प्रहरी नायक उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनी कानुन बमोजिम पक्राउ गरी ज्यान मार्ने उद्योग शीर्षकमा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको खतिवडाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij