आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपाल प्रहरीका चार जना एसएसपी डिआइजी बढुवामा सिफारिस

  • प्रकाशित मिति : बुधबार, चैत्र ३०, २०७८



  • गृह मन्त्रालयले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब उपरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

    बढुवा सिफारिस समितिले बुधबार एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआइजीमा बढुवाको सिफारिस गरेको हो।

    हालसालै तीन जना डिआइजीहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएपछि सिट खाली भएको थियो।

    बिहीबार डिआइजी राजेशलाल कर्ण तीस वर्षे सेवाअवधिका कारण अवकाशमा जाने भएकाले खाली हुने उक्त सिटमा अर्का एक जना एसएसपीको बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    यसअघि वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक एआइजीमा बढुवा भएका कारण तीन वटा डिआइजी पद रिक्त थियो।

    आचारसंहिता लागू भएको अवस्थामा बढुवा समितिले निर्वाचन आयोगको सहमति लिएर बढुवा सूची निकालेको बुझिएको छ।

    बढुवामा समावेश भएका उम्मेदवारउपर उजुरबाजुरका लागि एक साताको समय दिइने छ। सो समयमा उजुरी वा गुनासो नआए उनीहरूलाई पदमा बहाली गरिने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij