आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हाम्रा विरोधी बलिया छन्, एकढिक्का भएर चुनावमा जाऔं: शेखर कोइराला

  • प्रकाशित मिति : बिहिबार, बैशाख १, २०७९



  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ वर्षको शुभकामना दिँदै यो वर्ष देशमा चुनावी माहौल तात्ने बताएका छन्।

    चुनावले यो वर्षभर नै विश्राम नदिने पनि उनले बताए।

    ‘नयाँ वर्षसँगै देश चुनावी माहौलले तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन,’ नयाँ वर्षमा शुभकामना दिँदै कोइरालाले भने, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट छैन। हाम्रा विरोधी बलिया छन्, संगठित पनि।’

    उनले एक भएर चुनावमा जानुपर्ने बताए। मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको पनि उनले उल्लेख गरेका छन्।

    पार्टीभित्र भएका अन्याय र काखा तथा पाखाबारे गरिने प्रवृत्तिविरूद्ध संघर्ष गर्दै उम्मेदवार तय गर्दा निष्पक्षताको लागि लड्ने कोइरालाले बताएका छन्।

    निर्वाचनका बेला र अघिपछि पनि जनताका घरआँगनमा आफू आउने उनले प्रतिवद्धता जनाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij